प्रक्रिया मिचेर गौर आँखा अस्पतालमा कर्मचारीमा भर्ना भएको आरोप

228 Shares

रौतहट, १४ मंसिर । नेत्र ज्योती संघद्धारा संचालित गौर आँखा अस्पताल पुरेनवामा कर्मचारी भर्ना प्रक्रियामा संघको ऐनकानुन मिचेर तथा पार्दर्शीता नअपनाएको आरोप लागेको छ ।
नेत्र ज्योती संघद्धारा संचालित गौर आँखा अस्पताल पुरेनवाद्धारा गत असोज ६ गते कर्मचारी भर्ना सम्बन्धी विज्ञापन प्रकाशित गरिएका थिए । नेत्र सहायक ३, फार्मेशी १, औप्टिकल फिटर २ तथा काउन्सुलर २ गरी ८ जना कर्मचारीको लागि पदपुर्ती गर्न सुचना प्रकाशित भएको थियो ।
नेत्र ज्योती संघ गौरका उपाध्यक्ष तथा व्यवस्थापन समितिका सदस्य राजेन्द्र प्रसाद साहको अध्यक्षतामा गठित पदपुर्ती समितिले आफनै छोरीलाई काउन्सलर पदमा, संघका जिल्ला अध्यक्ष विजय सिंहको छोरीलाई नेत्र सहायक पदमा तथा संघका सचिव बच्चा प्रसाद यादवको छोरालाई अप्टिकल फिटर पदमा लिखित परीक्षाको नतिजा सार्वजनिक भएपछि कर्मचारी पदपुर्तीको प्रक्रिया माथि नेत्र ज्योती संघका जिल्ला सह सचिव राधेश्याम झाले गम्भीर प्रश्न चिन्ह खडा गरेका छन् ।
सह सचिव झाका अनुसार नेत्र ज्योती संघको ऐन कानुनमा स्पष्ट रुपमा उल्लेख गरिएको छ की पदपूर्ती समितिका कुनैपनि पदाधिकारीका छोराछोरी एवं नातागोतालाई भर्ना गर्न मिल्दैनन् तर उक्त कानुनी प्रक्रियालाई मिच्दै गरिएको कार्यशैली माथि प्रश्न चिन्ह खडा गरेर नेपाल नेत्र ज्योती संघको केन्द्रीय अध्यक्षलाई सम्बोधन गरेर उजुरी पत्र पठाएपछि भर्ना प्रक्रिया विवादमा आएको उनले भने ।
गौर आँखा अस्पताल प्रति यहाँका मानिसहरुको विश्वासलाई यस्ता कार्यबाट धुमिल हुने भएको हुँदा अविलम्ब छानविन गरेर पदपुर्ती समितिमा रहेका पदाधिकारीहरुको आफन्तलाई नभई योग्य र यहाँ काम गर्ने व्यक्तिलाई भर्ना गर्नुपर्ने उनले लिखित रुपमा केन्द्रीय अध्यक्ष संग माग गरेको बताए ।
सहसचिव झाले नेत्र ज्योती संघका जिल्ला अध्यक्ष सिंहको सलाहमा सबै भर्ना प्रक्रियामा पार्दर्शीता अपनाइएको छैनन्, पदपूर्ती समितिको पदाधिकारीहरु आफनै मानिसहरु खडा गरेर लिखित मौखिक गरेको हुँदा त्यसलाई रद्द गरेर संघको ऐन अनुसार प्रक्रिया अपनाई पदपुर्ती गर्न माग उनले गरे ।
गौर आँखा अस्पताल पुरेनवाका प्रशासन प्रमुख नागेश्वर प्रसाद चौधरी संग प्रतिक्रिया लिन खोज्दा उहाँको मोवाइलको स्वीच अफ रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार