251
Shares
रौतहट, १४ मंसिर । दोश्रो पटक संविधान सभा सदस्य पदमा निर्वाचित हुँदै रौतहट क्षेत्र नम्वर ४ मा इतिहास रचेका देवप्रसाद तिमलसिनाले बुधवार सुन्धुरेघार गाउँमा बहुमुखी क्याम्पस बनाउनका निमित्त शिलान्यास गरेको छ ।
आज विहान आयोजित एक समारोहका विच प्रतिनिधि सभा सदस्य तिमलसिनाले सिन्धुरेघारीका स्थानीय विद्यार्थीहरुलाई गाउँमै उच्च शिक्षा हाँसिल गर्नका निमित्त बहुमुखी क्याम्पसको शिलान्यास गरेको हो ।
५० लाखको प्रारम्भी बजेटमा निर्माण कार्यको थालनी गरिएको विस्तारै बजेट थपिदै बहुमुखी क्याम्पसलाई पूर्ण रुपमा एवं सुविधा सम्पन्न बनाउने लक्ष्य रहेको उनले भने । यस क्षेत्रको म सेवक हुँ सधैभरी सेवक बनेर काम गर्ने प्रतिबद्धता जनाए ।