इन्टरपोलको मद्दतबाट फरार प्रतिवादी पुरीलाई युएईबाट पक्राउ

रौतहट, ३१ चैत । कर्तव्य ज्यान मुद्दामा फरार रहेका एक जना प्रतिवादीलाई प्रहरीले युएईबाट पक्राउ गरेर नेपाल ल्याइएको छ ।
कर्तव्य गरेर नेपालबाट फरार भएका व्यक्तिलाई इन्टरपोलबाट रेड नोटिस जारी गराएर प्रतिवादीलाई प्रहरीले युएईबाट पक्राउ गरेको हो । तेरहथुम जिल्लाको आठराई गाउँपालिका वडा नम्वर ४ तीनसल्लेका स्थायी बासिन्दा काजीमान पुरीलाई प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेर ल्याएका छन् ।
कर्तव्य ज्यान मुद्दामा संलग्न रहेको आरोप लागेका पुरी फरार भएपछि अन्तर्राष्ट्रिय तवरमा खोजी गर्न नेपाल प्रहरीको नेसनल सेन्ट्रल व्यूरो काठमाडौंको अनुरोधमा इन्टरपोल सचिवालयबाट रेड नोटिस जारी भएको थियो । पक्राउ परेका फरार प्रतिवादी पुरीलाई आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय तेरहथुम जिल्ला पठाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।