चीनलाई नियन्त्रणमा राख्नका लागि अमेरिकी सैनिक फिलिपिन्समा सैन्य अड्डा राख्ने तयारीमा

377 Shares

वासिगटन । चीनमा कडा कोभिड कानुनको विरुद्धमा आन्दोलनमा उत्रिएका चिनियाँ नागरिकहरु माथि गरिदै आएको बर्बर दमनको विश्व व्यापी रुपमा भत्र्सना भईरहदा अमेरिकी सेनाको सैन्य अड्डा फिलिपिन्सको सुबिक बेमा मा ३० बर्ष पछि पुन फर्किन सक्ने क्योदो न्यूजले प्रमुखका साथ स्थान दिएको छ ।
धेरै पहिला एसियामा अमेरिकाको सबभन्दा ठूलो सैन्य अड्डाका रूपमा चिनिएको फिलिपिन्सको सुबिक बेमा अमेरिकी सैनिकहरू ३० वर्षपछि फर्किन सक्ने समाचार बाहिरिएपछि चीन तनावमा परेको हो ।
चीनसँग भिडन्तका लागि विभिन्न गतिविधि गरिरहेको अमेरिकाले फिलिपिन्समा नयाँ सैन्य संरचना बनाउन खोजेको छ । उसले पाँचवटा ठाउँमा अड्डा खोल्नका लागि मनिलासँग कुरा चलाइरहेको छ ।
सन् २०१४ मा मनिला र वाशिङटन बीच भएको इन्ह्यान्स्ड डिफेन्स कोअपरेसन अग्रीमेन्ट अन्तर्गत सैन्य अड्डा बनाइनेछ ।
अमेरिकी सेना सुबिक बे छोडेर गएपछि त्यो ठाउँ चल्तीको बन्दरगाह बनेको थियो । सुबिक बे मेट्रोपोलिटन अथोरिटीले त्यसको निगरानी गर्ने गरेको छ ।
फिलिपिन्सको लुजोन टापुको पश्चिमी किनारमा रहेको यो क्षेत्र दक्षिण चीन सागरमा चीनलाई रोक्नका लागि अमेरिकाले उपयोग गर्न सक्ने फ्रन्टलाइन हो । अमेरिकाकी उपराष्ट्रपति कमला ह्यारिस अघिल्लो साता फिलिपिन्स पुगेकी थिइन् । उनले ईडीसीएअन्तर्गत अमेरिकी सेनाको उपस्थिति दक्षिण चीन सागरमा बढाउने विषयमा कुरा गरेकी थिइन् ।
दक्षिण चीन सागरमा फिलिपिन्सको कुनै जहाजमाथि चीनले आक्रमण गरेमा अमेरिकाले त्यसको जवाफ फर्काउने ह्यारिसले फिलिपिन्सका राष्ट्रपति फर्डिनान्ड मार्कोस जुनियरलाई बताइन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।