338
Shares
प्रेमचन्द्र झा
रौतहट, १५ मंसिर । गौर नगरपालिकाका नगरप्रमुख शम्भ साहले परिवार नियोजन शिविरको विहिवार अनुगमन गरेको छ । स्वास्थ्य कार्यालय रौतहटको आयोजना तथा सुनौलो नेपालको आर्थिक सहयोगमा सन्चालित भ्याकसोटोमी तथा मिनील्याप अपरेसन शिविरको गौर नगरपालिका वडा नम्बर ६ मा अनुगमन गरेको हो ।
सो अवसरमा वडा ६ का अध्यक्ष अबधविहारी प्रसाद तेली, गौर नगरपालिकाका स्वास्थ्य संयोजक प्रमोद यादव लगायतका स्वास्थ्यकर्मीको उपस्थिति रहेको थियो । नगर प्रमुख साहले घुम्ति शिविरको हाल सम्मको प्रगति बारे जानकारी लिदै परिवार नियोजन शिबिरबाट लाभ लिन गौर नगरवासी संग अनुरोध गरे।