धनुषा, १६ मंसिर । धनुषाको मिथिला विहारी नगरपालिकामा एक व्यक्तिलाई कुटपिट गरेर हत्या गरिएको छ ।
जग्गाको सामान्य विषयलाई लिएर विवाद उग्र रुपमा लिएपछि विहिवार रातिको समयमा ६÷७ जनाको संख्यामा आएका व्यक्तिहरुले मिथिला विहारी नगरपालिका ४ रमौलका ५३ बर्षिय प्रभु यादवलाई कुटपिट गरेर हत्या गरेको प्रहरीले जनाएको हो ।
स्थानीय प्रभु यादव र ४२ वर्षीय सुरज यादवबीच जग्गा जमिनको विषयमा विवाद हुँदा उक्त दुखद घटना भएको छन् । निर्घात कुटपिटबाट गम्भीर घाइते भएका प्रभुको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
बिहीबार राति खाना खाएर बसिरहेका बेला सुरज यादवको समूहले आएर प्रभु यादव र उनका परिवारमाथि आक्रमण गर्दै कुटपिट गरेको प्रत्यक्षदर्शीले बताए । घटनाको खबर प्राप्त साथ जिल्ला प्रहरी कार्यालय धनुषा, इलाका प्रहरी कार्यालय धनुषाधाम, इलाका प्रहरी कार्यालय सबैला र प्रहरी चौकी ललियाबाट खटिएको प्रहरीले कुटपिटमा संलग्न सोही ठाउँ बस्ने २७ वर्षीय गणेशकुमार यादव सहित ६ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
कुटपिटबाट घाइते भएका ३० वर्षीय जगरनाथ यादव समेत तीनजनाको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको छ । खेतको आलीको विषयमा दुई महिनादेखि उनीहरुबीच विवाद हुँदै आएको प्रारम्भिक अनुसन्धानमा देखिएको धनुषाका प्रहरी नायब उपरीक्षक दिपक रायले जानकारी दिए ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन