कोरोना भाइरस रोकथाम गर्न सरकार उदासिन रहेको काँग्रेस नेता महतको आरोप

   ३१ चैत्र २०७७, मंगलवार १६:४४  

तराई टप संवाददाता
काठमाडौं, ३१ चैत । नेपाली काँग्रेसको नेता प्रकाशशरण महतले कोभिड—१९ (कोरोनाभाइरस) महामारी नियन्त्रणमा सरकार उदासिन रहेको आरोप लगाएको छ । कोभिड–१९ को नयाँ भेरियन्ट नेपालमा प्रवेश गर्ने सम्भावना हुनुका साथै फेरि संक्रमण विस्तार हुन सक्ने अवस्था रहेपनि सोको रोकथाम र नियन्त्रणमा प्रभावकारी कदम चाल्न सरकार उदासिन भएको उनले आरोप लगाएका हो ।
काँग्रेसले गठन गरेको कोभिड–१९ अनुगमन समितिका संयोजक समेत रहनु भएका महतले मंगलबार जारी गरेको विज्ञप्तिमा अहिले संक्रमितको संख्या ह्वातै बढेको र गम्भीर विरामी भएर आइसियुमा बस्नु पर्ने संक्रमितको संख्या र मृतकको संख्या पनि बढ्दै गएको भन्दै भविष्यमा अझ भयावह स्थिति आउन सक्ने सम्भावनालाई पार्टीले गम्भीर रुपमा लिएको उल्लेख गरेका छन् ।
यस्तो अवस्थामा संक्रमण रोक्न काँग्रेसले सरकारसँग ९ बुँदे माग गरेको छ । जसमा स्वास्थ्य सामग्रीको तत्काल आपूर्ति सुनिश्चित गरिनुपर्ने, सिमा नाकाबाट आउनेहरुलाई व्यवस्थित चेक जाँच गरिनुपर्ने, कन्ट्रयाक्ट ट्रेसिङलाई प्रभावकारी बनाइनुपर्ने, खोप आपूर्ति सुनिश्चित गर्न उच्च कुटनैतिक पहल गर्नु पर्ने लगायतका माग गरिएको छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै