मेरो मित्र प्रधानमन्त्री मोदीलाई समर्थन गर्नेछु ः अमेरिकी राष्ट्रपति वाइडेन

   १७ मंसिर २०७९, शनिबार १६:१०  

वासिंगटन । अमेरिकी राष्ट्रपति जो वाइडेनले शुक्रवार भनेका छन् जी २० अध्यक्षताको लागि मेरो मित्र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई समर्थन गर्दछु ।
अमेरिकी राष्ट्रपति बाइडेनले भनेका छन् कि उनी भारतको जी २० अध्यक्षतामा आफ्नो “मित्र“ प्रधानमन्त्री नरेन्द्र मोदीलाई समर्थन गर्न तत्पर रहेको छु ।
भारतलाई “अमेरिकाको बलियो साझेदार” भन्दै बाइडेनले भने कि ती देशहरूले “जलवायु, ऊर्जा र खाद्य संकट जस्ता साझा चुनौतीहरूको सामना गर्दै दिगो र समावेशी वृद्धिलाई अगाडि बढाउन तर्फ काम गर्नेछन्” । भारतले डिसेम्बर १ मा जी २० को अध्यक्षता आधिकारीक रुपमा लिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै