सर्लाही, १७ मंसिर । मधेस मिडिया काउन्सिल अध्यक्ष शिवहरी भट्टराई पत्थरकोटको एक रिसोर्टमा मृत अवस्थामा फेला परेको छ ।
नेपाल पत्रकार महासंघ सर्लाहीको ११ औं साधारण सभामा सहभागी हुन शुक्रवार साँझ जनकपुरबाट मधेश प्रदेश मिडिया काउन्सिलको अध्यक्ष भट्टराइको लालबन्दी नगरपालिका १३ पत्थरकोट स्थित होलिडे रिसोर्टमा पुगेका थिए । उक्त रिसोर्टमा राति खाना खाएर सुतेको थियो ।
शनिवार विहान अबेर सम्म नउठेपछि उनको कोठामा खोज्न जाँदा मृत अवस्थामा फेला परेको सर्लाही प्रहरीका एसपी प्रविण पोखरेलले जानकारी दिए । एसपी पोखरेलको अनुसार होलिडे रिसोर्टमा भट्टराइ सुतेको कोठाको अवस्था वेडमा भुमिट भएको देखिएको छ । उनी मधुमेह र उच्च रक्तचापको विरामी रहेको हुँदा औषधी खाने वेलामा नै सरर्कैर बेडमा ढलेको अनुसन्धानबाट देखिन आएको बताए ।
नेपाल पत्रकार महासंघ सर्लाही शाखाको ११ औं अधिवेशनमा सहभागी हुन आउनु भएका भट्टराइ राति ११ बजे साथीहरु संग कुरा गरेर सुत्न गएको जानकारी दिदै एसपी पोखरेलले औषधी खाने समयमा नै सरर्केर उनको निधन भएको आशंका गर्दै थप कुरा पोष्टमार्टम पछि थाहा हुने उनले बताए । उनी मापसे गर्ने व्यक्ति पनि थिएनन ।
आजै उनका आफन्तहरु आएपछि प्रादेशिक अस्पताल मलंगवामा पोष्टमार्टम गरिने जानकारी उनले दिए ।
सप्तरीको राजविराज घर भएका ६७ बर्षिय भट्टराइ नेपाल पत्रकार महासंघ सप्तरीका पूर्व अध्यक्ष तथा केन्द्रीय समितिका उपाध्यक्ष रहिसक्नु भएका थिए । मधेश प्रदेश मिडिया काउन्सिलका अध्यक्ष रहेका भट्टराइ विगत चार दशक देखि पत्रकारिता पेशामा आबद्ध रहेको र उनी मधुमेह र उच्च रक्तचापको विरामी रहनु भएको थियो । नेपाल पत्रकार महासंघ सर्लाही शाखाको ११ औं साधारण सभा स्थगीत भएको जिल्ला अध्यक्ष टंक क्षेत्रीले बताए ।