नौबिसेबाट आएको गाँजा गौरको पोल्ट्री फार्मबाट बरामद

605 Shares

रौतहट, १८ मंसिर । गौर नगरपालिकामा रहेका एक पोल्ट्री फार्मबाट ठूलो परिमाणमा लागु औषध गाँजा बरामद गरिएको छ ।
गोप्य सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय गौरबाट शनिवार अपरान्ह् खटिएका प्रहरी टोलीले गौर नगरपालिका वडा नम्वर ३ स्थित फलक पोल्ट्री फार्ममा चेकजाँच गर्दा खाल्डो खनेर राखिएको अवस्थामा १२ पोकामा १८० किलोग्राम गाँजा र फार्म छेउमै रहेका बागमती प्रदेश ०१–००६–ख २८३० नम्वरका आइचर कम्पनीको मिनी ट्रक र चालक मकवानपुर आग्रा ३ का २१ बर्षिय सुरेन्द्र स्यांगतानलाई नियन्त्रणमा लिएको रौतहट प्रहरीका एसपी विरबहादुर बुढा मगरले बताए ।
ट्रक चालक स्यांगतानलाई प्रहरी हिरासतमा राखेर आवश्यक अनुसन्धान भईरहेको उनले भने ।

ठूलो सुरक्षा चुनौती पार गर्दै गौर बोर्डर सम्म कसरी आयो होला त गाँजा ?


विशेष श्रोतका अनुसार धादिंगको नौबिसेबाट उक्त मिनि ट्रकमा लागु औषध गाँजा लोड गरेर गौर बोर्डर सम्म आइपुग्नु आफैमा निकै रहस्यको विषय बनेको छ । नौविसेबाट हिडेका ट्रकलाई चितवनको मुगलिन, भरतपुर, हेटौडा, रातोमाटो, पथलैहिया, निजगढ, चन्द्रपुर, गरुडा हुदै गौर सम्म शुक्रवार मध्य राति आइपुग्दा सम्म सुरक्षाकर्मीले कहि कतै फेला पार्न नसकिनु पक्कै मिलोमतोको वास आईरहेको छ ।

नौविसेबाट हिडेका ट्रकलाई चितवनको मुगलिन, भरतपुर, हेटौडा, रातोमाटो, पथलैहिया, निजगढ, चन्द्रपुर, गरुडा हुदै गौर सम्म शुक्रवार मध्य राति आइपुग्दा सम्म सुरक्षाकर्मीले कहि कतै फेला पार्न नसकिनु पक्कै मिलोमतोको वास आईरहेको छ ।


गौरमा पनि १२ घण्टा सम्म अनलोड भई माटोमा पोका परिदै गर्दा जिल्ला प्रहरीले सुइको पाएपछि बल्ल उक्त फार्ममा छापा मारेर बरामद गरेपनि पोल्ट्री फार्मको संचालन नियन्त्रणमा नआउनु झन् रहस्यमय बनेको ति श्रोतको दाबी छ ।
यत्रो सुरक्षा चुनौतीलाई पार गरेर गौर सम्म ति लागुऔषधको ट्रक पुग्नु निकै गम्भीर विषय भएको हुँदा नेपाल प्रहरीले सुक्ष्म अनुसन्धान गरेर दोषि सबैलाई कारवाहीको डायरमा ल्याउनु पर्ने माग उठेका छन् । ति लागु औषधको सेण्डिकेटमा काम गर्नेहरु सीमापारी भारत तर्फ पठाउनका लागि उक्त गाँजा ल्याइएको बुझिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार