चन्द्रपुर (रौतहट), १८ मंसिर । एकिकृत बचत तथा ऋण सहकारी संस्थाको १४ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ ।
रौतहटको चन्द्रपुरमा आयोजित एकीकृत बचत तथा ऋण सहकारी संस्थाको १४ औं साधारण सभा सम्पन्न भएको हो ।
सहकारी संस्थाका अध्यक्ष कृष्णबहादुर खड्काको अध्यक्षमा सम्पन्न भएको भएको बार्षिक साधारण सभामा चन्द्रपुरका मेयर संजय काफ्लेले सहकारीको माध्यमबाट गरिव असहाय वर्गहरु बचत गर्ने बानीको विकास भएको बताए । सहकारीले अहिले निम्न बर्गलाई निकै फलदायी सावित भएको बताए ।
कार्यक्रममा चन्द्रपुर सहकारी शाखा प्रमुख नसरे आलम र सहकारी अभियन्ता कालिन्दी घिमिरेको विशिष्ठ आतिथ्यता तथा नवविकास साकोसका कोषाध्यक्ष दिनेश मैनाली, स्वस्तिक साकोसका प्रतिनिधि, संकल्प साकोस प्रतिनिधि बलराम गौतम र सफल साकोस सचिव प्रकाश तिमल्सिनाको उपस्थिति रहेको थियो ।
उक्त अवसरमा संस्थाका अध्यक्ष खड्काले बैंकको पहुँचमा पुग्न नसकेका आफ्ना सदस्यहरुलाई स्वरोजगार बनाउने लक्ष्य रहेको बताए । हाल संस्थाको शेयर पूँजी १ करोड ६ लाख ८० हजार ९ सय रुपियाँ रहेको संस्थाका उपाध्यक्ष ऋषबदेब आचार्यले उल्लेख गरे ।
उक्त सभाबाट संस्थाका अध्यक्ष खडका, सचिब गणेशकुमार दाहाल, कोषाध्यक्ष पार्बती खडका र लेखा समितिका संयोजक जगदीप चौधरीद्वारा प्रस्तुत गरेको प्रतिवेदनलाई साधारण सभाले पारित भएको थियो ।
आर्थिक वर्ष २०७८र७९ मा संस्थाले ३३ लाख रुपियाँ नाफा आर्जन गर्न सफल भएको छ । साथै साधारण सभाले शेयरधनीहरुलाई १३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । संस्थामा हाल २ हजार ४१ जना सदस्य र ६ जना कर्मचारी रहेका छन् ।
साधारण सभाको अवसरमा ८ जना जेष्ठ नागरिक, दुई जना असल ऋणी, ५ जना असल बचतकर्ता, यस वर्षको एसइइमा उत्कृष्ट शेयर सदस्यका सन्तानलाई रु १००५ र सहित सम्मान गर्नुका साथै उत्कृष्ट बाल सदस्यलाई सम्मान पनि प्रदान गरिएको थियो ।
कार्यक्रममा सहकारी अभियन्ता कालिन्दी घिमिरेलाई सम्मानपत्रसहित दोसल्ला ओढाएर सम्मान गरिनुका साथै उत्कृष्ट कर्मचारी सम्मान बजार प्रतिनिधि रचना बोलखेलाई प्रदान गरिएको थियो ।