कोलम्बो । श्रीलंकाको समुद्री क्षेत्रमा चीनले काँक्रो (सी क्युकम्बर) भनिने जीवको खेतीमा लगानी बढाउने रिपोर्टहरु सार्वजनिक भईरहेको छ । श्रीलंकाको अर्थतन्त्रलाई धारासाही बनाउनमा चीनको महत्वपूर्ण भुमिकालाई लिएर श्रीलंकाली संसदहरु विरोध गर्दै आईरहेका विच चीनले श्रीलंकाको समुद्री तटमा सी क्युकम्बर भनिने जीवको खेतीमा लगानी बढाएपछि चिन्ता बढाएको हो ।
परम्परागत चिनियाँ औषधिमा प्रयोग हुने यस समुद्री जीवले शारीरिक शक्ति बढाउने र थकान घटाउने विश्वास गरिन्छ ।
जियो पोलिटिकका अनुसार चीनले श्रीलंकाको जाफ्नाको तटमा पर्ने आरियालाई गाउँमा चिनियाँ कम्पनी गुई लान प्रालीले कृत्रिम प्रजनन् एवम् उत्पादन केन्द्र स्थापना गरेको छ ।
समुद्री काँक्रो उत्पादनका लागि श्रीलंकाको मौसम अनुकूल भएपनि स्थानीय समुद्री जीव तथा तटीय क्षेत्रका बासिन्दाहरुको जीविकोपार्जनको स्रोत मानिने मत्स्य उद्योगकका लागि भने यसबाट निकै गम्भीर असर पर्ने जनाइएको छ ।
भारतीय समाचार संस्था एएनआईका अनुसार सन् २०२१ मा मात्रै श्रीलंकाले ३३६ टन समुद्री काँक्रो निर्यात गरेको थियो । यसको सबैभन्दा ठूलो हिस्सा चीनले आयात गरेको बताइएको छ ।
सन् २०२२ को जुन महिनामा श्रीलंकाली मन्त्रिपरिषदले मुलुकको उत्तरी एवम् पूर्वी क्षेत्रमा समुद्री काँक्रोको उत्पादनका लागि ५ हजार एकड क्षेत्रफल छुट्याउने निर्णय गरेको थियो ।