रौतहटमा विहिवार तिन जनामा कोरोना पोजेटिभ

   २ बैशाख २०७८, बिहीबार १७:४२  

तराई टप संवाददाता
रौतहट, २ वैशाख । रौतहटमा विहिवार पाँच जनालाई गरिएको स्वाब परिक्षण गर्दा तिन जनामा कोरोना भाईरस संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २ दिनमा परिक्षण गर्दा ५ जनामा कोरोना भाईरसबाट संक्रमित भएको पाइएको हो ।
गौर नगरपालिका २ को २९ बर्षिय एक जना, राजदेवी नगरपालिका २ को ५५ बर्षिय एक जना र गरुडा नगरपालिकाको पोठियाहीका ३५ बर्षिय गरेर आज ५ जनाको स्वाब संकलन गरेर गौर अस्पतालमा परिक्षण गर्दा उनीहरु मध्ये ३ जनामा कोरोना भाईरस संक्रमित भएको जानकारी जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ ।
तिन जना संक्रमित मध्ये राजदेवी नगरपालिका बस्ने विरामीको अवस्था सिरियस रहदा उनको उपचारको लागि नारायणी अस्पताल विरगंज पठाइएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए । यस अघि गढीमाई नगरपालिका ७ को २७ बर्षिय पुरुष संक्रमित भई होम आइसोलेनमै रहेको उनले भने ।ु
प्रदेश स्वास्थ्य निर्देशनालयका वरिष्ठ चिकित्सक डा.कमलेशप्रसाद यादवले रौतहटमा २ जना कोरोना संक्रमित होम आइसोलेसन रहेको जनाइएको छ । जिल्लामा रहेको ८४ बेड क्षमता भएको आइसोलेसन विहिन अबस्थामा रहेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
प्रदेश २ को सप्तरीमा ३, सिरहामा ८, धनुषामा २१, महोत्तरीमा १०, सर्लाहीमा २, रौतहटमा ५, बारामा ४१ र पर्सामा १ सय ३५ जना गरी जम्मा २ सय २५जना व्यक्ति होम आइसोलेसनमा रहेको प्रदेश स्वास्थ्य निर्देशनालयले उपलब्ध गराएको तथ्यांकमा उल्लेख गरेको छ । प्रदेश २ मा अहिले कुनै पनि स्थानमा क्वारेन्टाइन बनाइएको छैनन र सोको लागि अहिले सम्म आवश्यक पहल नगरिदा सर्वसाधारणले चिन्ता व्यक्त गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै