नेपाल टस जितेर फिल्डिङ्ग गर्दै

   २१ मंसिर २०७९, बुधबार १३:३५  

रौतहट, २१ मंसिर ।.सिआईसीसी क्रिकेट विश्वकप लिग २ मा घरेलु टोली नामिबिया सँग टस जितेर नेपालले पहिलो बलिंग सुरु गरेको छ ।
नामिवियाँको युनाइटेड क्लब क्रिकेट ग्राउण्डमा भईरहेको खेलमा नेपालले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेको हो ।
नामिबियासँगको यो खेलका लागि नेपाली टिममा एक परिवर्तन गरेको छ । करण केसीको स्थानमा सोमपाल कामी पहिलो रोजाईँमा मैदान उत्रिएका छन् ।
नेपाल, नामिबिया र स्कटल्याण्ड सम्मिलित यस शृंखलामा नेपालको यो तेस्रो खेल हो । नेपाल र नामिबियाबीच यसअघिको खेल वर्षाले प्रभावित हुँदा नतिजा विहीन बनेको थियो, जसले गर्दा दुवैले समान अंक बाँडेका थिए ।
दोस्रो खेलमा नेपाल स्कटल्याण्डसँग पराजित भएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै