इ रिक्साबाट दाउराको बहानामा काठको चोरी निकासी बढ्दो

   २१ मंसिर २०७९, बुधबार १३:५९  

रौतहट २१ मंसिर । रौतहटको बनजंगलबाट पछिल्लो समय ई रिक्सा सहित विभिन्न सवारी साधनहरु बाट दाउराको बहानामा साना साना काठका लाथ्रा चोरी तस्करी हुने गरेका छन् ।
रौतहटको राष्ट्रिय वन क्षेत्रमा वन कर्मचारी चहलपहल कम हुँदै गएपछि काठको चोरी निकासीमा दिनप्रतिदिन बढ्दै गएको छ । बजार क्षेत्रबाट ग्रामिण भेगमा चल्ने सवारी साधनहरु खस गरेर इ रिक्सा सहितका स साना सवारी साधनहरु अहिले काठ चोरी निकासी गर्ने साधन बनेका छन् ।
राजमार्गको चन्द्रपुरको लमाहा सडक खण्डमा दाउराको भारी राखेर ल्याउदै गरेका थुप्रै ई– रिक्सा र अटोहरू भेटिने गरेका छन ।
डिभिजन वन प्रमुख सुनील कर्णले जंगल प्रवेश गरी अवैध रूपमा सालको लाथ्रो काटेर ल्याउने ई–रिक्सा, अटोलाई नियन्त्रणमा लिएर कारबाही सुरु गरेको बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै