शिक्षकद्धारा छात्रा दुव्र्यवहार भएको निहुँमा यमुनामाई ४ मा झड्प, २ राउण्ड अश्रुग्यास प्रहार

   २१ मंसिर २०७९, बुधबार १८:०९  

रौतहट, २१ मंसिर । यमुनामाई गकाउँपालिकामा रहेका जनता माध्यमिक विद्यालयमा ५ कक्षामा अध्ययनरत छात्रालाई शिक्षकले दुव्र्यवहार गरेको विषयलाई लिएर स्थानीयहरु र प्रहरी विच झड्प भएका छन् ।
झड्पको क्रममा अवस्थालाई नियन्त्रणमा लिन प्रहरीले दुई राउण्ड टियरग्यास प्रहार गरेका थिए । यमुनामाई गाउँपालिका ४ सरुअठा स्थित जनता माध्यमिक विद्यालयका शिक्षक विरेन्द्र सिंहले कक्षा ५ मा अध्ययन गर्ने छात्रालाई दुव्र्यवहार गरेको आरोप लगाउदै स्थानीयहरु आक्रोशित बन्दै विद्यालयमा आक्रमण गरेको थियो ।
बुधवार दिउसो ३ बजेको समयमा प्रहरीलाई जानकारी पाउना साथ घटनास्थलमा पुगेर स्थानीयबाट शिक्षक सिंहलाई उद्धार गर्ने क्रममा ढुंगामुद्धा गर्दै उनीहरु उग्र बनेपछि प्रहरीले दुई राउण्ड टियरग्यास प्रहार गरेर अवस्थालाई नियन्त्रणमा लिएको रौतहट प्रहरीका डिएसपी उमाशंकर यादवले बताए ।
स्थानीयहरु शिक्षक सिंहमाथि हातपात गर्दै गरेको अवस्थामा प्रहरीले उद्धार गरेर नियन्त्रणमा लिएपछि प्रदर्शनमा ओर्लिएका बासिन्दाहरु ढुंगामुढाबाट प्रहरी नायव निरीक्षक, एक प्रहरी सहायक निरीक्षक सहित ५ जना प्रहरी सामान्य घाइते भएको उनले भने । प्रहरीले उक्त घटनाको गहन अनुसन्धान एवं छानविन गरिरहेको तथा त्यहाँको अवस्था सामान्य भईसकेको जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै