एकै दिन भारतमा कोरोना २ लाखको पार, संक्रमण दर उच्च, कतिपय शहरमा विकेन्ड लकडाउन

   २ बैशाख २०७८, बिहीबार १८:२५  

नइ दिल्ली ÷भारतमा कोरोना भाइरसको चरम कहरबाट अहिले सम्मकै रेकर्ड तोड कोरोना संक्रमित उच्च देखिएको छ । पछिल्लो २४ घण्टामा दुई लाख पार भएका छन् ।
त्यस्तै, मृत्युको घटना पनि लगातार बढ्दैछ । भारतको स्वास्थ मन्त्रालयका अनुसार विहिवार अहिले सम्मकै सर्वाधिक २ लाख भन्दा बढिमा संक्रमण देखियो । महामारी सुरु भएयता यति ठूलो जनसंख्यामा एकैदिन संक्रमण पुष्टि भएको यो पहिलोपटक हो ।
स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ३७ जनाको ज्यान गएको छ । भारतमा कुल संक्रमितको संख्या १ करोड ४० लाख ७० हजार ३ सय पुगेको छ । यता, निको हुनेको दर झरेर ८९ दशमलव ५१ प्रतिशतमा पुगेको छ ।
अहिलेसम्म महामारीबाट १ लाख ७३ हजार १ सय ५२ जनाले ज्यान गुमाइसकेका छन् । उपचाररत व्यक्तिहरुको संख्या पनि बढेको छ । अहिले भारतमा १३ लाख ६५ हजार ७ सय ४ जनाले उपचार गराइरहेका छन् ।
भारतको राजधानी दिल्लीमा एकैदिन १७ हजारमा कोरोना संक्रमण देखिएको छ । महाराष्ट्रमा योभन्दा खराब अवस्था छ । एकैदिन ५८ हजार ९ सय ५२ जनामा संक्रमण देखिएको छ, त्यसमध्ये २ सय ७८ जनाले ज्यान गुमाएका छन् ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै