चटगाँउ (बंगलादेश) । इशान किशनको आकर्षक पारीको कारण भारतले बंगलादेशलाई २२७ रनको फराकिलो अन्तरबाट पराजित गरे ।
इशान किशनको दोहोरो शतक र विराट कोहलीको शतकको मद्दतले भारतले बंगलादेशविरुद्धको तेस्रो एकदिवसीय क्रिकेटमा जितका लागि ४१० रनको चुनौती दिए ।
चटगाउँमा खेलिएको खेलमा बंगलादेशले टस जितेर भारतलाई ब्याटिङको निम्तो दिएको थियो । ओपनर शिखर धवनले मात्र तीन रन बनाउन सके पनि अन्य ओपनर इशान किशन र विराट कोहलीले पिचको पूरा फाइदा उठाए । दुवैले दोस्रो विकेटका लागि १९० बलमा २९० रनको साझेदारी गरे ।
इशान किशनले १३१ बलमा २१० रन बनाए । एकदिवसीय क्रिकेटमा उनको यो पहिलो दोहोरो शतक हो । यो सँगै उनले एकदिवसीयमा सबैभन्दा छिटो दोहोरो शतक बनाउने कीर्तिमान बनाएका छन् । इशान किशनले २४ चौका र १० छक्का प्रहार गरे ।
विराट कोहलीले एकदिवसीय क्रिकेटमा शतकको खडेरी पनि समाप्त गरेका छन् । उनले ९१ बलमा ११३ रन बनाए । उनले ११ चौका र दुई छक्का प्रहार गरे । भारतीय ब्याट्सम्यानमा वासिङ्टन सुन्दरले ३७ र अक्षर पटेलले २० रन बनाए ।
भारतीय टोलीले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर ४०९ रन बनाएको छ । रोहित शर्मा चोटको कारण खेलेनन उनको स्थानमा केएल राहुलले कप्तानी गरेका थिए ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन