ट्युनिसियामा एक वर्षदेखि लगातार महँगी धेरै बढिरहेको छ ।
यसै महिना महँगीको दर बढेर करिब १० प्रतिशत पुगेको हो । बढ्दो महँगीविरुद्ध मानसिहरु सडकमा उत्रिएको क्रम्मा आएकको छ ।
कतिपय कामको पारिश्रमिक नपाएको विरोधमा हड्कमा उत्रिएका छन् । खासगरी बेकरी उद्योगमा काम गर्नेहरुले पारिश्रमिक पाएका छैन् । पहिले सरकारले बेकरी उद्योग संचाञ्लाइ अनुदान दिएको थियो । तर एक वर्षदेखि त्यो अनुदान पनि बन्द गरिदिएको छ। ट्युनिसियामा विरोध प्रदर्शन हुनुको कारण अर्को कारण खाद्यान्न मा आपूर्तिको कमी पनि हो ।
ट्युनिसियाको राजनीतिक र आर्थिक अवस्था संकटमा रहेको बीबीसीले जनाएको छ । एक दशक अगाडि अरब क्रान्तिको सुरुवात ट्युनिसियाबाट सुरु भएको थियो । त्यसको कारण सरकारप्रतिको असन्तुष्टि, सरकारको तानाशाही शैली, भ्रष्टाचार, आर्थिक असमानता, मानवअधिकार उल्लंघन लगायत थिए । अहिले ट्युनिसियामै फेरि तानाशाही शैली र सरकारप्रतिको असन्तोषकै कारण प्रदर्शन बढ्दो छ ।
१८ डिसेम्बर सन् २०१० बाट ट्युनिसयाबाट सुरु भएको आन्दोलनबाट प्रेरणा लिएर अरब क्षेत्रका अन्य देशहरुमा पनि तानाशाही शैलीको विरोध गर्दै प्रदर्शन फैलिएको थियो । जनप्रदर्शनकै कारण धेरै देशमा सरकारको नेतृत्व गरेकाहरुले सत्ता छाड्नु परेको थियो । ट्युनिसियाबाट सुरु भएको विरोध प्रदर्शनको लहर बहराइन, सिरिया, अल्जेरिया, इराक, सुडान, कुवेत, मोरक्को, इजरायल, ओमान, साउदी अरब लगायतका देशहरुसम्म फैलिएको थियो ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन