589
Shares
तराई टप संवाददाता
काठमाडौं, २ वैशाख । प्रधानमत्री केपी शर्मा ओली र जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुरबीच भेटवार्ता भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा दुई पक्षको कार्यदलका सदस्यहरु समेत सहभागी थिए । ‘अहिले सम्म भएको कामकारबाहीको समीक्षा भएको छ’ जसपा नेता लक्ष्मणलाल कर्णले भने । कार्यदलको बैठक साँझ ५ बजे देखि सुरु भईरहेको छ । एमालेको कार्यदलमा संसदीय दलका उपनेता सुवास नेम्वाङ, विष्णु पौडेल र राजन भट्टराई छन् भने जसपाबाट सर्वेन्द्रनाथ शुक्ला र लक्ष्मणलाल कर्ण वार्तामा बसेका छन् ।