घोडा व्यवसाय ओझेलमा

286 Shares

म्याग्दी, २५ मंसिर । समय परिवर्तन सँगै म्याग्दीमा घोडाको बिकल्प को रुपमा मोटरसाइकल भएपछि घोडा व्यवसायमा कमी आएको छ ।
सडक विस्तार छैन् तव पनि छिटो हिडेर पुग्न घोडाको विकल्प थिएन । घोडा चढ्नु र पाल्नुलाई व्यक्तिहरुको आर्थिक, सामाजिक हैसियत र प्रतिष्ठासँग तुलना गरेको छ । केही बर्ष अघिसम्म यातायातका साधनका रुपमा प्रयोग हुने घोडा अहिले विस्तारै विस्तारै कम हुदै गएको पाइएको हो ।
घोडा भएको ठाउँ मोटरसाइकल र गाडीले लिएकोे छ । घोडामा चढ्ने र सामान ढुवानी गर्ने चलन अहिले घटेको छ । घोडाको प्रयोग हिजोआज कम भइरहेछ । तर पर्यटकका लागि भने घोडा आकर्षण बनेको छ ।
अन्नपूर्ण गाउँपालिका–६ घोडेपानीका याम पुन पर्यटकलाई; मानपु¥याउनका लागि घोडाको माग बढेको बताउँ भएको छ । ‘घोडा चढेर यात्रा गर्न पर्यटकले रुचाएका छन’, उनले भने, ‘सडक भएपछि सामान बोक्न र हामीले चढ्न प्रयोग गरेका घोडालाई अहिले ;मान बोक्न प्रयोग गरेका छौँ ।’
घोडेपानीदेखि घान्द्रुक र नयाँपुलदेखि घोडेपानी आवतजावत गर्ने पर्यटकलाई घोडामा चढाएर आयआर्जन गर्ने माध्यम बनेको छ । घोडेपानीका छ वटा होटलले पर्यटकलाई चढाउनका लागि २५ घोडा पालेका छन् । पर्यटकलाई घोडामा चढाएर घोडेपानीदेखि घान्द्रुक पु¥याएको १५० डलर शुल्क तोकिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार