धनुषा, २६ मंसिर । धनुषाको बटेश्वर गाउँपालिकामा धारिलो हतियार प्रहार गरेर श्रीमतीको हत्या गरेको छ ।
धनुषाको बटेश्वर गाउँपालिका वडा नंं. ५ शान्तिपुरका विरेन्द्र यादवले २७ बर्षीया श्रीमती रितादेवी यादवलाइ धारिलो हतियार प्रहार आइतवार राति हत्या गरेको हो ।
घरायसी बिबादमा आबेसमा आएर यादवले धारिलो हतियार प्रहार गर्दा गम्भीर घाइते भएकि रिताको उपचार गराउन स्वंम श्रीमान् विरेन्द्रले जनकपुरको काव्या अस्पतालमा लिएर आएको थिए । महिलाको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
धनुषाका प्रहरी नायव उपरीक्षक (डिएसपी) प्रदीपबहादुर क्षेत्रीका अनुसार आइतबार राति ११ बजेको समयमा घरमा सुतिरहेकी रितामाथि बन्चरो प्रहार गरेको थियो । प्रहार गरिएको बन्चरो नजिकैको पोखरिमा फालेको उनले बताए ।
विरेन्द्रलाइ प्रहरी नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भइरहेको डीएसपी क्षेत्रीले जानकारि दिए ।
उनका ४ र ६ वर्षका दुई छोरा छन् । स्थानीयका अनुसार विरेन्द्रले श्रीमतीलाई कुटपिट तथा यातना दिँदै आएका थिए । तीन महिना अघि विरेन्द्रले बिहेमा पाएको फर्निचरसहितका सामानसहित रितालाई उनको माइत महोत्तरीको भंगहा नगरपालिका ९ अजगेबा पुर्याएका थिए । ससुराली पक्षकाले स्थानीयले भने उनीहरुलाई फर्काएका थिए ।