विजुली चुहावट नियन्त्रण गर्ने अभियान तिव्र, १८ थान पानी तान्र्ने मोटर बरामद

1189 Shares

तराई टप संवाददाता
रौतहट, ३ वैशाख । विजुलीको तारमा हुकिंग गरेर विद्युतिय उपकरण चलाइरहेको अवस्थामा हुकिंग नियन्त्रण गर्ने टोलीले १८ थान पानी तान्ने मोटर बरामद गरेको छ ।
रौतहटको मौलापुर नगरपालिका स्थित विद्युत प्राधिकरण मौलापुरबाट खटिएको विद्युत चुहावट नियन्त्रण टोलीले सो नगरपालिकाको विभिन्न स्थानहरुमा चेकजाँच गर्दा हुकिंग गरेर प्रयोग गरिएको १८ थान मोटर बरामद गरिएको हो ।
मौलापुर क्षेमा ४७ प्रतिशत बिद्युत चुहावट भईरहकोमा सो कार्यलाई नियन्त्रण गर्ने उद्देश्यबाट सुरक्षाकर्मी सहितको हुकिंग नियन्त्रण टोलीले विद्युत चोरी गर्नेहरुलाई पक्राउ गरी जरिवाना असुल गर्ने काम सुरु गरेको छ । विद्युत प्राधिकरणले पहिलो चरणमा विद्युत चोरी नगर्न आग्रह गर्ने र दोश्रो चरणमा अटेर गरेर विद्युत चोर्नेहरुलाई प्रहरीको सहायतामा पक्राउ गरी नगद जरिवाना असुल गर्ने गरेको विद्युत प्राधिकरण मौलापुर शाखाका प्रमुख शाक्ति साहले बताए ।
प्राधिकरणको गौर, मौलापुर, चन्द्रपुर वितरण केन्द्रहरुबाट नियमिति रुपमा अनुगमन चेकजाँच भईरहदा विगतको दिनहरुको तुल्नामा चुहावट नियन्त्रण हुँदै गएको गौर शाखाको प्रमुख माधव यादवले बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार