पलिका स्तरमा नीति सम्बाद तथा पैरवी कार्यक्रम सम्बन्धी कार्यक्रम गौरमा सम्पन्न

376 Shares

रौतहट, २६ मंसिर । पालिका स्तरमा नीतिगत सम्बाद तथा पैरवी सम्बन्धी “सह यात्रा” परियोजना अन्तर्गत सोमवार गौरमा कार्यक्रमको आयोजना गरियो ।
इयु र युके एडको आर्थिक सहयोग र भिएस ओ को नेतृत्वमा सन्चालित सहयात्रा परियोजना जन जागरण युवा क्लव (जे.जे.वाइ.सि) बाराद्वारा संचालित कार्यक्रम गौर नगरपालिकाको सभाकक्षमा आयोजना गरिएको हो ।
यो परियोजना पर्सा, वारा, रौतहट र सर्लाही जिल्लाको विद्यालयमा कार्यक्रम संचालनमा रहेको परियोजना संयोजक मनोज यादवले बताए । खास गरेर रौतहट जिल्लामा गौर र गढीमाई नगरपालिकाको १० वटा विद्यालयमा सन् २०२१ अप्रिल महिना देखि लागु गरिएको उनले भने ।
गौर नगरपालिकाको जुद्ध माध्यमिक विद्यालय, बाल मन्दिर, मावि टिकुलिया, सपगढा र सस्वती मावी सिसवा तथा गढीमाई नगरपालिकाको समनपुर, सिंगारवन, धनारी, विनगरा र सग्राम्पुर गरी रौतहटको १० वटा विद्यालयको कक्षा १ देखि ३ कक्षामा यो कार्यक्रम लागु गरिएको उनले बताए । यसमा शिक्षा तथा वातावरणको क्षेत्रमा जन जागरण युवा क्लव, समावेशी शिक्षामा, स्वास्थ्य क्षेत्रमा र प्राविधिक एवं अनुसन्धानमुलक सपोर्टका क्षेत्रमा काम गरिरहेको उक्त कार्यक्रममा संयोजक यादवले जानकारी दिए ।
१० हजार बालबालिकालाई सिंकाई तथा उनीहरुको अभिभावकलाई स्वास्थ्य शिक्षा प्रतिको जनचेतनाको साथै १२० जना शिक्षक शिक्षिका, ४८ जना पालिकाका कर्मचारी र ४० जना प्रादेशिक कर्मचारीलाई लैंगिक उत्तरदायी सम्बन्धी चेतना जगाउने उद्देश्यबाट यो कार्यक्रम लागु गरिएको उनले भने ।
सो कार्यक्रम जनजागृति युवा क्लव वाराका अध्यक्ष भैयाराम यादवको अध्यक्षतामा सम्पन्न भएको थियो । सभापतित्वको आसनबाट बोल्दै अध्यक्ष भैयाराम यादवले यस कार्यक्रमबाट हामी गर्नुपर्ने कार्यको दिशानिर्देश पालिकाबाट भएमा थप कार्यक्रम लागु गराएर विद्यालय बाहिर रहेका बालबालिकाहरुलाई विद्यालयमा सहज पहुँचको अवधारणालाई कार्यान्वयन तर्फ जोड दिने बताए । हामी नेपाल सरकारको सपोटिंग हैण्डको रुपमा काम गरिरहदा स्थानीय स्तरको समस्यालाई उजागर गरिदिएमा त्यसलाई समाधानको प्रयास गरी परिवर्तनका पथमा अघि बढाउने हाम्रो प्रयास निरन्तर रुपमा जारी रहने स्पष्ट पारे ।
उक्त कार्यक्रममा गौर नगरपालिकाको नगरप्रमुख शम्भ साह कानु, उपमेयर, निमित्त प्रमुख प्रशासकीय अधिकृत सुभाष ठाकुर, वडाध्यक्षहरु, समाजिक विकास शाखाका कर्मचारी, महिला विकास परियोजनाका कर्मचारी, संचारक्षेत्रका प्रतिनिधिहरु, जनजागृति युवा क्लवका इमरान सहित परियोजनाका कर्मचारीहरु लगायतका विभिन्न क्षेत्रका प्रतिनिधिहरुको उपस्थितिमा सहयात्रा परियोजना कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।