फोहर मैला व्यवस्थापन गर्न प्राईम कमरसियल बैंकद्धारा उच्च क्वालिटिको उपकरण जिल्ला प्रशासन कार्यालयलाई हस्तान्तरण

   ३ बैशाख २०७८, शुक्रबार १४:४९  

तराई टप संवाददाता
रौतहट, ३ वैशाख । जिल्ला प्रशासन कार्यालय रौतहटलाई सफा सुघर राख्ने उद्देश्यबाट प्राईम कमरसियल बैंक गरुडा शाखाले ३ थान फोहर मैला व्यवस्थापन गर्ने उच्च क्वालिटीको उपकरण शुक्रवार हस्तान्तरण गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय गौरमा आज आयोजित एक कार्यक्रमका विच प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवलाई प्राईम कमरसियल बैंक गरुडा शाखाले ३ थान उच्च प्रविधिको उपकरण फोहर मैला व्यवस्थानको लागि हस्तान्तरण गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको हो ।


प्रमुख जिल्ला अधिकारी यादवको समन्वयमा उक्त बैंकले जिल्ला प्रशासन कार्यालयको हाता भित्र फोहर मैलालाई राम्ररी व्यवस्थापन गर्न, सफा सुघर राख्नका निमित्त उक्त उपकरण हस्तान्तरण गरिएको बताइएको छ । यस अघि सेन्चुरी बैंक गरुडा शाखाले पनि जिल्ला प्रशासन कार्यालयको तथ्याँकहरु अपडेट राख्ने उद्देश्यबाट एक थान कम्प्यूटर हस्तान्तरण गरिसकेको समेत जानकारी प्रजिअ यादवले दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै