196
Shares
रौतहट २७ मंसिर । सरकारी कार्यालयहरुमा कर्मचारी उपस्थित न्युन हुदै गएपछि सेवाग्राहीहरु मार्कामा पर्न थालेका छन् ।
जिल्ला प्रशासन कार्यालय रौतहटले बेला बेलामा अनुगमन नगर्दा कर्मचारीहरु कार्यालय छोडेर जाने क्रम बढेको हुदा सेबाग्रहीहरु मर्का मा पर्न थालेका हुन् ।
कर्मचारी उपस्थित भए वा नभएको बारे छड्के अनुगमन नगर्दा कर्मचारीहरु घरायसी तथा व्यक्तिगत कामकाजमा जानकारी बिना जाने सुने गरेको पाईएको छ ।
काम विषेशले भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र रौतहटमा गएका एक सेवाग्रहीले कार्यालयका प्रमुख सहित अन्य कर्मचारीहरु कार्यालयमा नभएको गुनासो गरे ।
माछा पोखरी निमार्ण गर्ने सोच बनाएका राजदेवी नगरपालिका पथरा टोलका रामबालक महतोले कार्यालय आउँदा सम्बन्धित व्यक्ति र हाकिमसँग भेट हुन नसकेको बताए ।