197
Shares
धनुषा, २७ मंसिर । शसस्त्र प्रहरीले स्रोत खुल्न नसकेको २४ लाख सहित एक भारतीय नागरिकलाई मंगलवार पक्राउ गरेको छ ।
मंगलबार प्रदेश २–०२–००५ प ५७९८ नम्बरको मोटरसाइकलमा भारतबाट नेपालतर्फ आउँदै गर्दा उनलाई धनुषाको विदेह नगरपालिका–९ बाट २४ लाख १७ हजार नगदसहित पक्राउ गरिएको सशस्त्र प्रहरी बल गण ८ धनुषाका एसपी प्रकाश कुमार सुवेदीले जानकारी दिए ।
पक्राउ पर्नेमा भारतको मधुबनी जिल्लाको माङ्गपट्टी बस्ने २४ वर्षीय उमेश कुमार यादव रहेको छ ।
मोटरसाइकलको ट्यांकी भित्र लुकाएर ल्याउँदै अवस्थामा उनलाई नगदसहित पक्राउ गरिएको छन् । मोटरसाइकलको ट्यांकी भित्र हजार रुपैयाँको १२ बण्डल र पाँच सयको २४ बण्डल नेपाली रुपयाँको नोटराखेर आउने क्रममा सशस्त्र प्रहरी बरामद गरेको छ ।
उनलाई आवश्यक कारबाहीको लागि धनुषा भन्सार कार्यालय पठाइएको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन