आइएमई पे का प्रमुख कार्यकारी अधिकृतमा प्रविण रेग्मी नियुक्त

   २७ मंसिर २०७९, मंगलवार १६:४०  

काठमाडौं, २७ मंसिर । आइएमई ग्रुपद्धारा संचालित आइएमई डिजिटल सोलुसन लिमिटेड का प्रमुख कार्यकारी अधिकृतमा प्रविण रेग्मी न्युक्त भएको छ ।
आइएमईद्धारा मंगलवार जारी गरिएको प्रेस स्टेटमन्ट अनुसार आइएमई डिजिटल सोलुसन लिमिटेड (आइएमई पे) को कार्यकारी अधिकृतमा रेग्मीलाई न्युक्त गरिएको हो । इलेक्ट्रोनिक्स एण्ड कम्युनिकेशनमा स्नातक एवं विजनेस एडमिनिस्ट्रेसनमा स्नाकोत्तर गरेका रेग्मी संग विभिन्न बैंक तथा वित्तिय संस्थाहरुमा डेढ दशक भन्दा बढिको कार्य अनुभव रहेको हुँदा उनलाई प्रमुख कार्यकारी अधिकृतमा समावेश गरिएका छन् ।
पेमेन्ट सिस्टम, बैंकिङ्ग, टेक्नोलोजी र टेलिकमका क्षेत्रमा विशेष दख्खल राख्ने रेग्मीले विभिन्न अन्तर्राष्ट्रिय विश्वविद्यालयबाट डिजिटल भुक्तानी सँग सम्बन्धित सैद्वान्तिक एवम् प्रयोगात्मक दुवै तालिम प्राप्त लिइसकेको छ । काठमाडौं पानी पोखरी स्थित आइएमई कम्प्लेक्सको टाउन हलको मिटिङ्गमा नवनियूक्त प्रमुख कार्यकारी अधिकृतको स्वागतका लागि मङ्गलबार विशेष कार्यक्रमको आयोजना गरियो ।
विशेष कार्यक्रममा आइएमई डिजिटल सोलुसन लिमिटेड (आइएमई पे) का अध्यक्ष एवम् ग्रुपका प्रबन्ध निर्देशक हेमराज ढकालले रेग्मीलाई स्वागत गरे । कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले रेग्मीको नेतृत्वसँगै कम्पनीले नयाँ उचाई प्राप्त गर्न सक्ने विश्वास व्यक्त गरे । ग्रुपका सिनियर भाइस प्रेसिडेन्ट सुमन पोखरेल सहित ग्रुपमा कार्यरत उच्च पदस्थ कर्मचारीहरूको सहभागिता रहेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै