zoom h2 software download zoom 5.2.0 download zoom download center zoom zoom install microsoft store - zoom install microsoft store download zoom us app for windows free download zoom cloud meeting for windows 10 zoom windows 10 app download

७ जनाको परिक्षण गर्दा १५ महिनाको बालक सहित ६ जना कोरोना संक्रमित

   ३ बैशाख २०७८, शुक्रबार १५:३२  

तराई टप संवाददाता
रौतहट, ३ वैशाख । कोभिड १९ को दोश्रो लहर अन्तर्गत शुक्रवार ७ जनाको पिसिआर स्वाव परिक्षण गर्दा एक १५ महिने बालक सहित ६ जना कोरोना संक्रमित भएको पुष्टि भएको छ ।
गौर अस्पतालमा पिसिआर स्वाव परिक्षण गराउन आएका सर्लाही जिल्ला बलरा नगरपालिकाको लक्ष्मिपुरका एक १५ महिने बालक, गौर नपा २ स्थायी घर भएका १८ बर्षिय महिला, १६ बर्षिय पुरुष दुवै जना भारतको राजधानी नयाँ दिल्लीबाट आएको, रौतहट बौधिमाई नपा कोपवा पिपरियाका एक पुरुष, र गरुडा नगरपालिकाको महम्मदपुरका एक जना विद्यार्थीमा कोरोना संक्रमित पाइएको जनाइएको हो ।
गरुडा महम्मदपुर घर भएका विद्यार्थी काठमाण्डौमा अध्ययन गरिरहेका छात्र दुई दिन अघि घर आएका थिए उनी पुन ः काठमाण्डौ जानको लागि पिसिआर जाँच गराउन अस्पतालमा आउदा उनी कोरोना पोजेटिभ भएको गौर अस्पताल श्रोतबाट बुझिएको छ । हिजो मात्रै रौतहटको एक माध्यमिक विद्यालयको शिक्षक कोरोना संक्रमित भएपछि उक्त विद्यालयको शिक्षकहरुलाई कन्ट्रयाक्ट टे«सिंगमा रहेको हुँदा उनीहरुको भोली स्वाव परिक्षण गरिने अस्पतालले जनाएका छन् ।
आज पाँच जना गरेर दोश्रो चरण अन्तर्गत रौतहटमा १० जना कोरोना संक्रमित भईसकेको छ तर उनीहरु होम आइसोलेशनमा रहेका छन् । जिल्लामा पहिला तयार रहेको आइसोलेसन अहिले सम्म किन संचालनमा आएन भने जनचासोको विषय बनेको छ । अर्को तिर गौर नगरपालिकाको मुख्य चोक, भन्सार एरियामा कोरोना पुष्टि भएको छ तर तिनीहरुलाई कसरी व्यवस्थापन गर्ने अरु संगको सम्पर्कमा आउन नदिने जस्ता कार्यहरु वारे अहिले सम्मे ठोस पहल भएको पाइएको छैनन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै