202
Shares
नयाँ दिल्ली । अरुणाचल प्रदेशमा चिनियाँ सैनिकहरु घुसपैठको मुहतोड जवाफ भारतले दिएपछि हिन्द महासागरमा जासुसी गर्न विशेष जहाज चीनले पठाएको एएनआईको रिपोर्टमा उल्लेख गरिएको छ ।
केही दिन अघि हिन्द महासागर क्षेत्रमा प्रवेश गरेको चिनियाँ ‘जासुसी’ जहाज युआन वाङ ५ उक्त क्षेत्रबाट बाहिरिएको बताइएको हो । जहाज आईओआरमा प्रवेश गरेदेखि नै भारतीय नौसेनाले निगरानी गरिरहेको बताइएको छ ।
अरुणाचल प्रदेशको तवाङ सेक्टरमा एलएसी मा भारतीय र चिनियाँ सेनाबीच झडप भएपछि यो कदम चालिएको बताइएको छ ।