२४ घण्टामा १८ आणविक क्षमता भएका चिनियाँ विमान ताइवानको वायु रक्षा क्षेत्रमा प्रवेश

209 Shares

ताइपेय । चीन कसैप्रति इमान्दार रहेको छैनन, कहिले भारतीय क्षेत्रमा, ताइवानमा प्रवेश गरेर ति देशहरुलाई जिस्काउने काम मात्रै गरिरहेको पाइएका छन् ।
ताइवानको राष्ट्रिय रक्षा मन्त्रालयले ट्विटरमा एक पोस्टमा भनेको छ, चीनले २४ घण्टामा ताइवानको वायु रक्षा क्षेत्रमा १८ आणविक–सक्षम एच–ट बमवर्षकहरू पठाएका हुन् । ताइवानले यी गतिविधिहरूको जवाफ दिन विमान, नौसेना जहाजहरू, र भूमिमा आधारित मिसाइल प्रणालीहरू काम गरेको छ ।
चीनले आफ्नो भूभाग भएको दाबी गरेको ताइवान लगातार चीनको आक्रमणको धम्कीमा बाँचिरहेको छ । चीनको विस्तारवादी सोचका कारण कुनैपनि छिमेकी राष्ट्र संग तिनको असल सम्बन्ध नरहेको प्रमाणित गरिदिएको हुँदा चीनको कुटिल चालबाट जोगिनुमै भलाई रहेको विज्ञहरु बताउँछन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार