तराई टप संवाददाता
रौतहट, ३ वैशाख । जिल्लामा बढदै गएको कोरोना माहामारीलाई नियन्त्रण गर्न जिल्ला प्रशासन कार्यालय गौरले कोरोनाको प्रोटोकलको पूर्ण रुपमा पालना गर्न र सावधानी अपनाउन रौतहटबासी संग आग्रह गरेको छ ।
जिल्ला प्रशासन कार्यालय रौतहटमा प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवको अध्यक्षतामा सम्पन्न बैठकबाट सेनेटाइजर, मास्क, सोशल डिस्टेन्सींग कायम गर्न र सोको पालना गराउन सुरक्षाकर्मीहरुलाई निर्देश जारी गरिएको हो । सवै स्थानीय तहहरुले साविकमा संचालन गरेको क्वारेन्टाइनलाई पुनरजिवित गर्ने, गौर अस्पतालमा पिसिआर ल्यावलाई सक्रिय बनाउने निर्णय भईसकेको प्रजिअ यादवले जानकारी दिए ।
धरहरी र चन्द्रपुरमा रहेको आइसोलेशनलाई पुन ः संचालन गर्न तयारी पुरा भईसकेको तथा प्रत्येक स्थानीय तहले कोभिड संक्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषमा रकम व्यवस्थाप गर्ने तथा जिल्लाभरी भिडभाड नगर्ने, सभाजुलुश, विवाहमा बढि मानिसको उस्थिति, लगायतका कार्यक्रममा भिडभाड नगरी सजगता अपनाउन प्रमुख जिल्ला अधिकारी यादवले जिल्ला बासी संग अपिल गरेको छ ।
साथै सिमापारी भारतबाट घर फर्किने नेपाली नागरिकहरुको हकमा गौर नपा २ महादेवपर्टिमा अस्थायी हेल्थ डेष्क र बौधीमाईको वंकुलमा हेल्थ डेष्कलाई संचालनमा ल्याइएको प्रजिअ यादवले जानकारी दिए । कोरोना संक्रमितहरुको संख्या बढ्न थाल्दा सुरक्षाकर्मीहरुलाई बजार क्षेत्रमा परिचालन गराएर अनिवार्य रुपमा मास्क, सेनेटाइजरको प्रयोग गर्न गराउन निर्देश दिइएको सोको अबहेल्ना गरेमा कानुन बमोजिम कारवाही हुने समेत चेतावनी दिए ।