नयाँ पार्टी गठनको प्रक्रियामा स्वतन्त्रहरु

210 Shares

रौतहट, २८ मंसिर । स्वतन्त्र उम्मेदवारी निर्वाचित हुनु भएका प्रभु साह र अमरेशकुमार सिंहले नयाँ पार्टी गठनको प्रक्रियामा लागेको छ ।
स्वतन्त्र उम्मेदवार भइ निर्वाचित भएकाहरु कुनैपनि पार्टीमा नगइ छुटै नयाँ पार्टी गठनको तयारी गरेको स्रोतबाट बुझिएको हो ।
नयाँ पार्टी निर्माणको लागि अहिले सिंहले पहल गरिरहेका छन् । सिंहले पत्रकारहरुसँग कुराकानी गर्दै आफैले नयाँ पार्टी खोल्ने विषयमा सहमत भएको बताए । तर, पार्टीको नाम लगायत अन्य कुराको बारेमा अहिले सम्म कुनै छलफल नभएको उनले भने ।
रौतहट–३ बाट निर्वाचित साह र सर्लाही–४ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य दुवै जनाले स्वतन्त्र उम्मेदवारी दिएर निर्वाचित भएका हुन् ।
एमाले टिकट गोजिमा साहले राखेर स्वतन्त्र उम्मेदवारी दिएका थिए भने सिंहलाइ कांग्रेसले निकट नदिएपछि स्वतन्त्र उम्मेदवारी दिएको थिए । उनीहरु दुबैले फराकीलो मतान्तरबाट प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार