187
Shares
काबुल । अफगानीस्तानको राजधानी काबुल स्थित एक होटलमा लडाकुहरुले आक्रमण गरेपछि चिनियाँ सरकारद्धारा आफना नागरिकलाई अफगानिस्तान छाड्न एडभाइजरी जारी गरिएको छ ।
सोमबार काबुलको एउटा होटलमा आईएसआईएस लडाकूले आक्रमण गरेपछि चीनले मंगलबार आफ्ना नागरिकहरूलाई अफगानिस्तानबाट जतिसक्दो चाँडो छोड्न सल्लाह एवं एडभाइजरी जारी गरेको हो ।
आईएसआईएस लडाकुद्वारा गरिएको आक्रमणमा परेर पाँच चिनियाँ नागरिक घाइते भएका थिए । चीनले तालिबानमा सञ्चालित प्रशासनलाई आक्रमणको “गहिरो अनुसन्धान” गर्न र “अफगानिस्तानमा चिनियाँ नागरिक र संस्थाहरूको सुरक्षा सुनिश्चित गर्न कडा कदम चाल्न” माग गरेको छ । न्यूज १८ ।