कोरोनाको हसपोर्ट बन्दै रौतहट, ८ जना शिक्षक सहित १० कोरोना संक्रमित

   ४ बैशाख २०७८, शनिबार १९:१८  

तराई टप संवाददाता
रौतहट, ४ वैशाख । रौतहटको गरुडा नगरपालिकाको पिपरिया माध्यमिक विद्यालयमा कन्ट्रयाक्ट ट्रेसिंगमा रहेका ८ जना शिक्षक सहित १० जना कोरोना संक्रमित पुष्टि भए संगै गत तिन दिन भित्र कोरोना संक्रमितको संख्या रौतहटमा १९ पुगेका छन् ।
गरुडा नगरपालिका वडा नम्वर ७ पिपरिया गाउँमा रहेको माध्यमिक विद्यालयका एक जना शिक्षक तिन दिन अघि कोरोना संक्रमित भएपछि उक्त विद्यालयको ८ जना शिक्षकलाई कन्ट्रयाक्ट ट्रेसिंगमा राखिएका थिए । उनीहरुको शनिवार पिसिआर पद्धतीबाट स्वाव परिक्षण गर्दा कोरोना संक्रमित भएको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएका हुन् ।
शनिवार १५ जनाको परिक्षण गर्दा ८ जना शिक्षक सहित १० जना कोरोना संक्रमित भएको जानकारी दिदै प्रमुख जिल्ला अधिकारी इन्द्र देव यादवले कोरोना संक्रमित भएका शिक्षकहरु अध्यापन गराउन विद्यालयलाई एक साता सम्म बन्द गर्ने निर्देशन दिइसकेको बताए । कोरोना संक्रमित भएका विरामीहरु होम आइसोलेसनमा रहेर उपचार गर्न अनुरोध गर्दै विगतमा संचालनमा रहेका आइसोलेसनलाई पुन ः संचालन गराउन प्राविधिक कठिनाई रहेको बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै