निर्वाचन आयोगद्वारा जलपान समारोह

163 Shares

काठमाण्डौ,२९ मंसिर । निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनाव सफलतापूर्वक सम्पन्न गराएको अवसरमा आउँदो पुस ४ गते जलपान कार्यक्रमको आयोजना गर्ने भएको छ ।
आयोगको प्राङ्गणमा दिउँसो साढे एक बजे जलपान कार्यक्रम आयोजना गरिने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिएको हो ।
जलपान कार्यक्रममा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री सहित अतिविशिष्ट पदाधिकारी, मन्त्री, पूर्वप्रधानमन्त्री, राजनीतिक दलका नेता, सुरक्षा अङ्गका प्रमुख, कुटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधि लगायतलाई आमन्त्रण गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार