रौतहट, २९ मंसिर । मंसिर ४ गते सम्पन्न भएको आम निर्वाचनमा मधेस प्रदेशमा प्रतिनिधि सभा सदस्यतर्फ २ सय २४ जना डमी उम्मेदवार रहेको थियो ।
मधेस प्रदेशका ८ वटै जिल्लामा प्रतिनिधि सभा सदस्यतर्फ डमी उम्मेदवारको सङख्या २ सय २४ रहेको निर्वाचन आयोगको तथ्याङ्कमा उल्लेख रहेको छ । ५० भन्दा कम मत ल्याउने डमी उम्मेदवारको नाम सूचीमा राखिएको छ । डमी उम्मेदवारहरु मध्येका यस्ता उम्मेदवारहरु पनि छन् जसले आफ्नो मत आफैँ पनि हालेका छैनन् । मधेसमा प्रतिनिधि सभातर्फ ५ सय ९१ जनाले उम्मेदवारी दिएका थिए ।
धनुषामा ६६, महोत्तरीमा १७, सर्लाहीमा २३, सप्तरीमा १९, सिरहामा ३०, रौतहटमा २५, बारामा २६ र पर्सामा १८ जना स्वतन्त्रसहित दलका उम्मेदवार जसले ५० वटा पनि मत ल्याउन नसकेको निर्वाचन आयोगले जनाएको छ ।
मधेस प्रदेशमा ५४ जना यस्ता उम्मेदवार छन् जसले एकमत पनि ल्याएका छैनन् । यसमा स्वतन्त्र बाहेक आधा दर्जन भन्दा बढी दलका उम्मेदवारहरु पनि रहेका छन् । शून्य मत ल्याउने सबभन्दा बढी धनुषाको क्षेत्र नम्बर १ मा रहेका छन्, यहाँ १५ जना यस्ता उम्मेदवार छन् जसले शून्य मत ल्याएको छ ।
सर्लाहीको क्षेत्र नम्बर १ मा ८ जना, २ मा ६ जना, रौतहट १ मा ८ जना, बारा १ मा ५ जना, २ मा १ जना र ४ मा ११ जना उम्मेदवारले शून्य मत ल्याएका छन् । समानुपातिक भोट प्राप्त गर्न अरु दलका उम्मेदवारलाई समर्थन गर्ने उद्देश्यले पनि ती दलहरुले डमी उम्मेदवार खडा गरेका थिए । जसका उम्मेदवार आफ्नो मत आफैँलाई पनि दिएका छैनन् ।
शून्य मत ल्याउने दलहरुमा सर्लाहीको १ मा नेमकिपाको रामाकान्त कापर, रौतहटको १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका मिस्टर सूर्यदेव प्रसाद कोइराला, बाराको १ मा नेपाल लोकतान्त्रिक पार्टीका मोजहर हुसैन मन्सुर, २ मा नेपालका लागि नेपाली पार्टीका शेखअली आलम, ४ मा जनता प्रगतिशील पार्टीका श्रीनिवास महतो, राष्ट्रिय प्रजातन्त्र पार्टीका रोहन कुमारसहितका दलका उम्मेदवारहरुले आफ्नो मत पनि आफूलाई नहाली शून्य मत ल्याएका छन् ।
चुनावी मैदानमा उत्रेकाहरुमध्ये धेरै यस्ता उम्मेदवारहरु पनि छन् जसले एक मत पनि कटाउन सकेका छैनन् । मतगणना परिणाम अनुसार सप्तरीमा २६, सिरहामा ३३, धनुषामा ७३, महोत्तरीमा २९, सर्लाहीमा २७, रौतहटमा ३८, बारामा २८ र पर्सामा २६ जना स्वतन्त्रसहित दलका उम्मेदवारहरुले एक मत कटाउन सकेका छैनन् ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन