वीरगञ्ज, १ पुस । वीरगञ्ज महानगरपालिकामा ठेउला (चिकेन पक्स) का बिरामी भेटिएका छन् ।
वीरगञ्ज महानगरपालिकामा कार्यरत एक स्वास्थ्यकर्मीले वडा नं. २६ अठराह र सुगौलीमा गाउँमा ठेउला को बिरामी भेटिएका हुन् ।
सो गाउँमा निजी क्लिनिकमा केही दिनदेखि निरन्तर ठेउलाका बिरामी देखिएपछि उनले महानगरलाई जानकारी गराएका थिए ।
अठराह सुगौलीस्थित नलेज बोडिंग स्कुलका सुनिल गिरीका अनुसार विद्यार्थीमा एक सातादेखि विद्यार्थीको शरीरमा बिबिरा देखिएको छ । स्वास्थ्यमा समस्या देखिएका विद्यार्थीलाई विद्यालय नआउन भनेको छ ।
महानगरले बुधबार स्वास्थ्यकर्मीको टोली पठाएर थप विवरण संकलन गरेको थियो । बुधबार र बिहीबार गाउँ टोलमा पुग्दा ९१ जना बालबालिकामा चिकन पक्सको लक्षण देखिएको स्वास्थ्य चौकी इन्चार्ज पुजा गुरुङले जानकारी थिइन् । एकैपटक ठूलो संख्यामा ठेउला संक्रमित देखिएपछि महानगरपालिकाको स्वास्थ्य प्रवद्र्धन शाखासँग समन्वय गरेको उनले बताइन् ।
स्वास्थ्यकर्मीले टोलमा पुगेर संक्रमित बालबालिका तथा अभिभावकलाई भेटेर आवश्यक सल्लाह सुझाव दिएका छन् । चिकेन पक्सको बारेमा सचेतना जगाउन स्वास्थ्य स्वंयसेविकालाई समेत टोलटोलमा परिचालन गरिएको महानगरको स्वास्थ्य प्रवद्र्धन शाखाले जनाएको छ ।
भाइरसको संक्रमणबाट लाग्ने सरुवा रोग चिकेन पक्स हरेक वर्ष छिटफुट रुपमा देखिने गरेको महानगरपालिकाका जनस्वास्थ्य निरीक्षक सुनिल कुर्मीले बताए । भाइरस सरुवा रोग देखिएको भने पहिलो पटक हो उनले भने विशेष गरेर चिकेन पक्स २ वर्षदेखि १० वर्ष उमेरका बालबालिकामा देखा परेको छ । तर यहाँ जुनसुकै उमेरका व्यक्तिलाई पनि देखिन छ ।
यसको मुख्य लक्ष्णहरु जिउ चिलाउने, आँखाबाट आँसु आउने, खोक्ने, पीप समेत आउने हुन्छ’, उनले भने ‘संक्रमितको रयाल, खकार र हाच्छ्यु गर्दा निस्कने छिटाबाट समेत यसको संक्रमण हुन्छ । संक्रमित बालबालिकालाई अन्य बालबालिकाको सम्पर्कमा आउन दिनुहुँदैन ।’