भत्किएका बाँधहरुको तत्काल मर्मत एवं बाढीको जोखिम कम गर्ने उद्देश्यबाट प्रजिअ सहित विज्ञहरुद्धारा स्थलगत निरीक्षण

   ४ बैशाख २०७८, शनिबार १९:५५  

सपना झा
रौतहट, ४ वैशाख । लाल बकैया नदी र भकुवा खोलाले विभिन्न स्थानमा बाँधहरु विगतको स्थानहरुमा बाढीबाट भत्किएका स्थानहरुमा शनिवार विज्ञहरुको टोलीद्धारा स्थलगत रुपमा निरीक्षण गरिएको छ ।


प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव, गौर नपाको मेयर अजयकुमार गुप्ता, इशनाथ नपाको मेयर सन्तोष मेहता, सिंचाई विभागको सिडिइ किसुनदेव यादव, वागमती लालबकैया आयोजनाको प्रमुख अलाख सिद्धिकी, विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको दुई जना प्राविधिक, सम्बन्धित वडाध्यक्ष विगु व्यास सहित भारतीय एसएसवीको कमाण्डार सम्मिलित संयुक्त टोलीले आज स्थलगत रुपमा अनुगमन निरीक्षण गरेर समस्या समाधन गर्ने तर्फ आवश्यक कार्यहरु तदारुक्ताको साथ अघि बढाउने निर्देशन दिइएको हो ।
लाल बकैया नदीको पश्चिमी बाँधमा बनाइएको कल्र्भटबाट पानीको निकास नहुँदा नेपाल भारत सिमा क्षेत्रको बिचमा बक्स आरसिसि कल्र्भट बनाउने सहमती भएको जानकारी दिदै प्रमुख जिल्ला अधिकारी यादवले औरैया र पिपराको विचमा भकुवा खोलाले बाँध भत्काउदा तिनीहरुको मर्मत कार्य तत्काल गराउनुको साथै गौर नपा २ टिकुलिया स्थित भत्किएको पुर्वी बाँधलाई मर्मत गरेर गौर नगरलाई बाढीको जोखिम कम गरिने उनले स्पष्ट पारे ।

प्रशिक्षार्थी पत्रकार

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै