गुल्मी, ३ पुस । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल गुल्मीको अध्यक्ष शिलु भट्टराई चयन भएकी छन् ।
प्रतिष्ठान गुल्मीको सातौंं जिल्ला अधिवेशनबाट भट्टराईको नेतृत्वमा २१ सदस्यीय जिल्ला कार्य समिति चयन भएका हुन् ।
गुल्मी जिल्ला सदरमुकाम तम्घासमा शनिबार राति सम्पन्न अधिवेशनले आगामी २ वर्षको लागि नेतृत्व चयन गरेका छ । समितिको प्रथम उपाध्यक्षमा मोहन बस्नेत, द्धितीय उपाध्यक्षमा श्रीधर पोखरेल, महिला उपाध्यक्षमा धनमाया राना, सचिव गणेश अधिकारी, सह–सचिव अनिल खत्री, कोषाध्यक्ष, लोकेन्द्र कुँवर, सह–कोषाध्यक्ष कमल कंडेल चयन भएको प्रतिष्ठान गुल्मीका पूर्वअध्यक्ष जनक पन्थले बताए ।
अधिवेशनले खेलकुद बिभाग संयोजक सन्दीप जिसी, सांस्कृतिक संयोजक लालुमाया कुँँवर प्रवक्ता सदस्य धनेन्द्र कुँवर रहेका छन् । शनिबार सम्पन्न अधिवेशनको प्रतिष्ठानका केन्द्रीय अध्यक्ष रमेश बिजीले उदघाटन गरेका थिए ।
अधिवेशनको अवसरमा कलाकारहरु पुस्कल शर्मा, नारायण बिपी परियार, गणेश अधिकारी, उज्वल गिरी, रितु थापा, लालुमाया कँुवरलगायत आधा दर्जन बढी कलाकारहरुले सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।