दुर्गा भगवती गाँउपालिकाले पाए २ प्रदेश साँसद, नागेन्द्र साह र इन्दुकुमारी साह

518 Shares

रौतहट, ३ पुस । दुर्गा भगवती गाउँपालिकाले दुई वटा प्रदेश सभा सदस्य पाएका छन् । निर्वाचन आयोगमा आयोजित एक कार्यक्रमका विच दुर्गा भगवती गाउँपालिका वडा नम्वर २ की इन्दुकुमारी साहलाई नेपाली काँग्रेसको मधेश प्रदेशबाट समानुपातिक सुचीबाट निर्वाचित भएकोमा प्रमाण पत्र दिएपछि दुर्गा भगवती गाँउपालिकाले २ जना प्रदेश साँसद पाएका हुन् । प्रत्यक्ष निर्वाचन प्रणालीबाट १ र समानुपाति निर्वाचन प्रणालीबाट १ गरी दुई जना प्रदेश सभा सदस्या एवं साँसदको दुर्गा भगवती गाउँपालिकाले पाउनु निकै ठूलो सौभाग्य प्राप्त भएका हुन् पालिकाबासीलाई ।


रौतहट निर्वाचन क्षेत्र नम्वर १ को (१) बाट नेपाली काँग्रेसबाट दुर्गा भगवती गाउँपालिका वडा नम्वर ५ बडहर्वा घर भएका प्रतिष्ठीत निर्माण व्यवसायी नागेन्द्र साह निर्वाचित भएका थिए भने दुर्गा भगवती गाउँपालिका वडा नम्वर २ भलोहिया निवासी एवं पूर्व गाउँपालिका अध्यक्ष अरुण साहको श्रीमती इन्दुकुमारी साह नेपाली काँग्रेसबाट समानुपाति प्रदेश साँसदको रुपमा निर्वाचित भएकी छिन ।
नेपाली काँग्रेसको मेधश प्रदेशको समानुपातिक सुचीबाट निर्वाचित भएपछि आईतवार उनलाई निर्वाचन आयोगले प्रदेश सभा सदस्य (साँसद) मा निर्वाचित भएको प्रमाण पत्र प्रदान गरिने संगै उनी आधिकारीक रुपमा मधेश प्रदेश सभाकी साँसद बन्न सफल भएकी हुन् ।
दुर्गा भगवती गाँउपालिकाको लागि आजको दिन अति नै सौभाग्यको विषय भएको र नवनिर्वाचित प्रदेश साँसद नागेन्द्र र इन्दुकुमारी साहको सफल कार्यकाल एवं उक्तरोत्तर प्रगतिको शुभकामना तथा बधाई तराई टपको साथै समग्र दुर्गा भगवती गाउँपालिकाबासीले दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार