रौतहट, ३ पुस । सशस्त्र प्रहरीले मौलापुर नगरपालिका क्षेत्रबाट अबैध रुपमा लैजादै गरेको अवस्थामा चिरान गरिएको सालको काठ सहित पिकअप भ्यानलाई आईतवार नियन्त्रणमा लिएको छ ।
सशस्त्र प्रहरी बल नेपाल ११ नम्वर गण हजमिनियाँ रौतहटबाट सशस्त्र प्रहरी निरीषक जयबहादुर चौधरीको कमाण्डमा खटिएको प्रहरी टोलीले रौतहटको मौलापुर नगरपालिका वडा नम्वर ३ मा सालको चिरान काठ लोड भएको बा.२०च. ३६३४ नम्वरको बोलेरो पिकअप भ्यानलाई चेकजाँचको क्रममा नियन्त्रणमा लिएको जनाइएको हो ।
सशस्त्र प्रहरीलाई देख्नासाथ चालकले पिकअप भ्यान छाडेर भाग्दा वेवारिसे अवस्थामा नियन्त्रणमा लिइएको छ ।
उक्त पिकअप भ्यानमा ४४ क्यूविक फिट सालको चिरान काठ बरामद गरिएको जानकारी दिदै सशस्त्र प्रहरीका एसपी ध्रुबबहादुर कार्कीले २ लाख ४२ हजारको काठ र अन्दाजी पिकअप भ्यानको मूल्य १५ लाख गरी १७ लाख ४२ हजारको मूल्याँकन गरी आवश्यक कारवाहीको लागि डिभिजन वन कार्यालय चन्द्रपुरलाई जिम्मा लगाइएको बताए ।
डिभिजन वन कार्यालयका प्रमुख सुनिल कर्णले सशस्त्रद्धारा चिरान काठ सहित पिकअप भ्यान आवश्यक कारवाहीको लागि यस कार्यालयमा बुझाएको जानकारी दिए ।

बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन