भारतीय नौसेनामा समावेश भए मिसाइल विनाशक युद्धतोत मोर्मुगाओ

158 Shares

नयाँ दिल्ली । भारतमै निर्माण गरिएको अत्याधिक मारक क्षमताले लैस भएको मिसाइल विनाशक युद्धपोत मोर्मुगाओलाई भारतीय नौसेनामा समावेश गरिएपछि भारतको नौसेनालाई थप मद्दत पुगेको बताइएको छ ।
रक्षामन्त्री राजनाथ सिंहको उपस्थितिमा स्टेल्थ–गाइडेड मिसाइल विनाशक युद्धपोत आईएनएस मोर्मुगाओलाई आइतबार भारतीय नौसेनामा कमीशन गरिएको हो । मुम्बईमा आयोजित समारोहमा रक्षामन्त्री सिंहले भने, भारतले बनाएको जहाज यहाँ बनाइएको सबैभन्दा शक्तिशाली युद्धपोत मध्येको एक हो । नौसेनाले मोर्मुगाओको विभिन्न विशेषता र क्षमताहरू प्रदर्शन गर्ने भिडियो जारी गर्यो, जुन भारतको आफ्नो प्रकारको दोस्रो युद्धपोत हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार