तराई टप संवाददाता
बाँके, ५ वैशाख । बाँकेको भेरी अस्पतालमा शनिवार राति चार जना कोरोना संक्रमित विरामीको मृत्यु भएको छ ।
बाँके सदरमुकाम नेपालगञ्ज स्थित भेरी अस्पतालको कोरोना विशेष वार्डमा उपचारार्थ तीन जना संक्रमित विरामीको मृत्यु भएको कोरोना स्रोत व्यक्ति तेज वलीले बताए ।
वलीको अनुसार भेरी अस्पतालमा उपचारार्थ राजापुर नगरपालिका–१ बर्दिया निवासी ७३ वर्षीय पुरुषको शनिबार बेलुका ७ः०० बजे मृत्यु भएको थियो । त्यसको ४० मिनेटपछि बाँकेको बैजनाथ गाउँपालिका–८ निवासी ७८ वर्षीया महिलाको मृत्यु भयो तथा गत चैत ३१ गते कोरोना संक्रमण देखिएपछि वैशाख १ गते अस्पताल भर्ना गरी उपचारकै क्रममा गए राति ७ः४० बजे ति व्यक्तिको मृत्यु भएको हो ।
भेरी अस्पतालमै उपचार गराइरहेकी नारायण नगरपालिका–१ दैलेख निवासी ६८ वर्षीया महिलाको पनि गए राति नै निधन भएको छ । गत चैत ३० गते कोरोना संक्रमण पुष्टि भएपछि भेरी अस्पताल नेपालगञ्जमा भर्ना गरी उपचार भइरहेकामा स्वास्थ्यमा सुधार नआएपछि उपचारकै क्रममा मृत्यु भएको कोरोना स्रोत व्यक्ति वलीले बताए ।
बाँकेमा उपचारका लागि बाहिरी जिल्लाबाट आएर ज्यान गुमाउने कोरोना संक्रमितको संख्या ९६ पुगेको छ भने बाँके जिल्ला कै मात्र ६० जनाको कोरोना संक्रमितको हाल सम्म निधन भईसकेको उनले जानकारी दिए ।