पोखरा, ५ पुस । राष्ट्रिय खेलकुदमा परिषदले गर्दै आएको वृहत् राष्ट्रिय खेलकुदको नवौं संस्करण गण्डकी प्रदेशले आयोजना गर्ने मौका पाएको छ ।
वृहत् राष्ट्रिय खेलकुदमा राम्रो खेल प्रदर्शन गरेको गण्डकी प्रदेशमा अहिले एकपछि अर्को साना ठूला खेलकुदका गतिविधि हुन थालेका हुन् ।
पोखरा रंगशालास्थित टेनिस कोर्टमा अन्तर्राष्ट्रियस्तरको जुनियर टेनिस प्रतियोगिता सकियो । मंसिर १३ गतेदेखि दुई सातासम्म चलेको उक्त प्रतियोगितामा विभिन्न ९ देशका ९८ जनाभन्दा बढी खेलाडी सहभागी थिए ।
पोखरामै केही समयको अन्तरालमै मोफसलकै चर्चित आहा रारा गोल्डकप देखि टाइगर कप, टुर दी पोखरा, पोखरा म्याराथन लगायत ठूला राष्ट्रिय स्तरको खेलकुद प्रतियोगिता हुँदैछन् ।
बुधबारदेखि पोखरा महानगर खेलकुद विकास समितिको आयोजनामा दोस्रो मेयर कप साइकल प्रतियोगिता हुँदैछ ।
५० किलोमिटर दूरीमा विभिन्न तीन विधामा हुने साइकल दौडमा सहभागी हुन कास्की सहित करिब एक दर्जन जिल्लाका खेलाडीहरु पोखरा आउन लागेको खेलकुद विकास समिति अध्यक्ष दीपक गोदारले जानकारी दिए ।
साइकल दौडलगत्तै पुस ९ गते नै साइकल सिटी पोखराको आयोजनामा टुर दी पोखरा हुँदैछ । छैटौं संस्करणसम्म आइपुग्दा साइकल सिटीले बागलुङ र पर्वतका विभिन्न गन्तव्यको प्रवर्द्धन गर्ने उद्देश्यसहित बागलुङ कालिका मन्दिरदेखि पोखरासम्म ¥याली पनि हुने आयोजना गर्ने कार्यक्रम संयोजक राजन गोंगजुले जानकारी दिए ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन