कटारी, ५ पुस । उदयपुरको कटारी नगरपालिका वडा नं. ४ का त्रिवेणी मावि रुकुल कक्षा ११ का कृषि प्राविधिक तर्फको विद्यार्थीहरुले च्याउखेतीबाट धेरै आम्दानी ल्याएको छ । उनीहरुले आम्दानी लिँदा यस क्षेत्रको च्याउ पारखीहरूलाई ताजा च्याउको स्वाद मिलेको हो ।
कक्षा ११ को सैद्धान्तिक अध्ययनसँगै विद्यार्थीले अभ्यास मार्फत च्याउखेती गरेको छ । किताब पढने मात्रै होइन यसलाई व्यवहारमा उतार्नका लागि खेती पनि गर्नु पर्छ । छात्र विवश लामिछाने भन्छन्, भविष्यमा यही खेतीबाट आम्दानी गरेर जिवनको पार्जन पनि गर्न सकिन्छ । २२ विद्यार्थीले ८० हजारको लागतमा सुरु गरेको च्याउखेतीबाट पहिलोपटकमा ४० हजारको आम्दानी लिइसकेका हुन् ।
दुई टनेलमा गरिएको खेतीबाट चार पटकसम्म च्याउ उत्पादन गर्ने तयारी विद्यार्थीहरु गरेको छ । पढाइसँगै सिप र आम्दानीबाट पढाइको लागि च्याउखेती गर्दै आएका विद्यार्थीहरु बताएका छन् ।
भविष्यमा च्याउखेतीबाट पनि आम्दानी लिन सकिने उद्देश्यले विद्यार्थीहरु कक्षाबाट बचेको समयमा च्याउखेती गरिरहेको छात्रा कल्पना भण्डारीले बताए ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन