राष्ट्रपति अध्यादेश माग गर्दै विप्लव नेकपा निकट विद्यार्थीहरु प्रदर्शन

172 Shares

काठमाडौं, ५ पुस । मन्त्रिपरिषदले राष्ट्रपति कहाँ पेस गरेको अध्यादेश जारी गर्न माग गर्दै विप्लव नेतृत्वको नेकपाका विद्यार्थीहरूले प्रदर्शन गरेको छ ।
मंगलबार प्रदर्शनी मार्ग स्थित आरआर क्याम्पसको अगाडी विद्यार्थीहरुले प्रदर्शन गरेको हो । मुलुकी फैजदारी संहित–२०७४ लाई तत्काल संसोधन गर्नेगरी सरकारले अध्यादेश ल्याएर राष्ट्रपति कहाँ पेस गरेको छ ।
अध्यादेश जारी गर्न माग गरेर प्रदर्शन गर्ने १ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । पक्राउ पर्नेको प्रकाश सिंह हो । अहिलेको राजनीतिक प्रणालीसँग असहमत राखेर हिंसात्मक क्रियाकलाप संचालन गर्ने समूह हिंसा छाड्न सहमत भएमा सो समूहका कार्यकर्ता बिरुद्धको मुद्दा जुनसुकै अदालतमा विचाराधीन भए पनि फिर्ता लिन बाधा नपर्ने गरी सरकारले अध्यादेश अघि बढाएको छ । राष्ट्रपतिबाट अध्यादेशमा जारी भएको संघर्ष कार्यक्रममा फिर्ता लिने अनेरास्ववियु क्रान्तिकारीका उपत्य क्षेत्रको इन्चार्ज अटल शर्माले बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार