149
Shares
सप्तरी, ५ पुस । सप्तरीको रुपनीमा टिप्परले ठक्कर दिँदा १२ वर्षीया रिताकुमारी यादवको मृत्यु भएपछि आक्रोशित स्थानियहरु प्रदर्शनमा उत्रिएका छन् ।
पूर्व–पश्चिम राजमार्ग अन्तर्गत पर्ने सप्तरीको रुपनीमा टिप्परले ठक्कर दिँदा १२ वर्षीया रिताकुमारी यादवको मृत्यु पछि किशोरीका परिवार र आफन्तले राजमार्ग अवरुद्ध गरेका हुन् । चक्काजाम सहित प्रदर्शन बढेपछि अहिले बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएका छन् ।