वन्यजन्तु चोरीशिकारीको आरोपमा हातहतियार सहित पाँच जना पक्राउ

133 Shares

पर्सा, ५ पुस । राष्ट्रिय निकुञ्ज क्षेत्र भित्र अवैध रुपमा वन्यजन्तु चोरीशिकारी गर्दै गरेको अवस्थामा हात हतियार र बन्दोबस्तीका सामान सहित पाँच जनालाई पक्राउ गरिएको छ ।
पर्सा राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र अवैध रुपमा वन्यजन्तु चोरी गर्ने क्रममा सुरक्षाकर्मीले मृत पोथी जरायो, बन्दोबस्तीका सामान, हात हतियार र गाडी सहित उनिहरुलाइ सोमबार राती पक्राउ गरेको हो । निकुञ्जलाई प्राप्त भएकको गोप्य सुचनाको आधारमा गस्ती गर्दै जाँदा निकुञ्जभित्रको पर्सा जिल्लामा पर्ने गडवालाइनबाट पक्राउ गरिएको छ ।
चोरी शिकार गर्नेहरूका साथ बाट मृत पोथी जरायो, भाले जरायोको, सिंगसहित दुई लाख ९,६७० नेपाली पैसा १२०० सय भारतीय रुपैयाँ, एउटा ल्याण्डक्रुजर गाडी, एउटा बोलरो गाडी, १२ बोराको बन्दुक १ थान, १२ बोरको राउण्ड १ थान, २२ बोरको राउण्ड ९ थान, हतियार राख्ने झोला २ थान, नाइटभिजन क्यामेरा १ थान, टेलिसकोप १ थान, रबरको टेलिस्कोप १ थान, ब्याट्री कपार्टमेन्ट, टर्चलाइट र अन्य कागजपत्र बरामद गरेको निकुञ्जको कार्यालयले जनाएको छ ।
नियन्त्रणमा लिइएका काभ्रे जिल्ला स्थायी ठेगाना भएका ५७ वर्षीय दामोदर अधिकारी, बारा जिल्ला स्थायी ठेगाना भएका ४६ वर्षीय विशाल सहनी, ३७ वर्षीय झापस दास थारु, ४४ वर्षीय नवराज थारु र अर्का एकजना ५२ वर्षीय मालदोंग तामांग रहेको निकुञ्जले जनाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार