काठमाडौं, ६ । कांग्रेस संसदीय दलको चुनावमा सांसदहरुले भोट हालेपछि मतपत्रको फोटो खिचेर राखेका छन् ।
बुधबारको दिन सिंहदरवार स्थित कांग्रेस संसदीय दलको कार्यालयमा भएको मतदान सिनियर नेताको निर्देशनमा सांसदहरुले आफुले हालेको मतको फोटो खिचेर राखेको छ ।
संसदीय दलको नेताको लागि उम्मेदवार बनेका महामन्त्री गगन थापाले भन्दाभन्दै केही सांसदले फोटो खिचेको बताए । उनले ठुला नेताको निर्देशनमा सांसदहरुले फोटो खिचेको आफूले पाएको गगन थापाको भनाइ छ । देख्दादेख्दै भन्दाभन्दै र हेर्दा हेर्दै पार्टीका सिनियर नेताहरुको छेउमा आएर कुरेको भन्दै बसिराख्नुभयो ।
मेरो आँखाको अगाडि भन्दाभन्दै पनि १०,११ जनाको मोवाइल निकालेर मतपत्रको फोटो खिच्नुभयो । गगन थापाले भने जित हार आफ्नो ठाउँमा भएपनि दलको निर्वाचनमा कांग्रेसले अपनाएको प्रक्रिया लोकताीन्त्रक ले बताए ।
गगन थापाले भने, सांसदहरुले जनता समक्ष गरेको प्रतिबद्धता यहाँ पुरा गर्नुभएको छ भन्ने लागेको छ ।
उनले यसअघिको संसदीय दलको निर्वाचनमा शेरबहादुर देउवा र प्रकाशमान सिंहवीच प्रतिस्पर्धा हुँदा आफुले प्रकाशमान सिंहको पक्षमा मतदान गरेको भन्दै आफुलाई त्यसवेला निर्वाचित गर्ने मतदाताको चाहाना कांग्रेसको नेतृत्व बदलियोस् रहेको बताए ।